
एजेन्सी । २०२० को युरो कप फुटबल प्रतियोगिताको तयारीमा रहेको वेल्स र २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप छनोटको तयारीमा रहेको अर्मानियाबीच भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा वेल्स र अल्बानिया बराबरीमा रोकिएका छन् । शनिबार राति वेल्स र अर्मानियाले गोलरहित बराबरी खेलेका हुन् ।

बिज्ञापन



वेल्सस्थित कार्डिफ सिटी स्टेडियममा भएको निकै प्रतिस्प्रधात्मक खेलको निर्धारित समय दुवै टोली गोल गर्न भने असफल बने । युरो कप जुन ११ बाट सुरु हुँदै छ । वेल्स समूह‘ए मा छ । उक्त समूहमा टर्की, इटाली र स्विट्जरल्यान्ड छन् ।
