कोरोनाबाट सल्यानमा थप चार जनाको मृत्यु

सल्यानमा कोरोना भाइरसबाट थप चार जनाको मृत्यु भएको छ । गएरातीदेखि आज बिहानसम्म सल्यान जिल्ला अस्पतालमा उपचार गराई रहेका चार जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा शारदा नगरपालिका ५ का ५१ वर्षीय पुरुष, शारदा नगरपालिका १५ का ७७ वर्षीय पुरुष, बागचौर नगरपालिका वडा न ९ का ६२ वर्षीय पुरुष र रोल्पा गंगादेव गाउँपालिका ३ की ६१ वर्षीया एक महिला रहेको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले जानकारी दिनुभयो ।

बिज्ञापन

यससँगै सल्यानमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ४१ पुगेको छ ।