पछिल्लो २४ घण्टामा ८ हजार ९ सय ८० पुगेसंगै नेपालमा कोरोना संक्रमित ५ लाख नाघ्यो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ९ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५ लाख ५ हजार ६४३ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर १२९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार १५३ पुगेको छ । गत २४ घण्टामा ८ हजार ८ सय ४८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

बिज्ञापन

हाल देशभर १ लाख १५ हजार ८ सय ६ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा १९ हजार ३ सय ५७ पीसीआर र ७४८ एन्टिजेन परीक्षण भएको छ ।