नेपाल सुपर लिग – ललितपुर र बुटवल भिड्दै कस्ले मार्ला बाजी?

काठमाडौं । राजधानी जारी पहिलो संस्करणको खुकुरी नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइज फुटबल प्रतियोगितामा आज दोस्रो प्ले अफको खेल हुदैछ । जसमा दुई टोला टोली ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसीबीच रोमाञ्च भिडन्त हुनेछ ।

यी दुई टोलीबीचको खेल साँझ ५:३० बजेबाट त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ । आजको खेलको बिजेता टोलीले फाइनल प्रेवशको लागि काठमाडौं रेजर्ससँग इलिमिनेटर खेल खेल्नेछ । त्यस्तै पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ ।

बिज्ञापन

लिग चरणको खेलमा ललितपुरले तेस्रो र बुटवलले चौथो स्थानमा रहदै प्लेअफमा स्थान बनाएका हुन् ।

यसअघि हिजो (मंगलबार) सम्पन्न पहिलो प्ले अफमा काठमाडौंलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै धनगढी एफसी फाइनल प्रवेश गरिसकेको छ ।