
एमाले नेता झलनाथ खनाल कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त बनेका छन् ।

कोरोना सङ्क्रमण पुष्टि भएपछि उनलाई एक साताअघि उपचारका लागि नर्भिक अस्पताल भर्ना गरिएको थियो । खनालका स्वकीय सचिव कृष्ण भट्टराईले आइतबारसाँझ खनालको पीसीआर रिपोर्ट नेगेटिभ आएको जानकारी दिए ।
बिज्ञापन



डाक्टरहरुको निरन्तरको रेखदेख र उपयुक्त उपचारका कारण कोभिड–१९ को रिपोर्ट नेगेटिभ आएको र खनालको स्वास्थ्यमा सुधार हुँदै गएको भट्टराईले बताए । खनाल केही दिनमै अस्पतालबाट डिस्चार्ज भइ नियमित राजनीतिक गतिविधिमा सक्रिय हुने जानकारी उनले दिए ।

नेता खनालले उपचारमा संलग्न स्वास्थ्यकर्मी, चिकित्सक र अस्पताललाई विशेष धन्यवाद दिएका छन् । अरु सङ्क्रमितको उपचारमा पनि गम्भीरतापूर्वक लाग्न सबै स्वास्थ्य संस्था र चिकित्सकलाई उनको आग्रह छ ।