
सप्तरी । सप्तरीमा एक युवकमाथि अपरिचित व्यतिहरुको समूहले कुटपिट गरेका छन् । उक्त समूहको कुटाइबाट युवकको मृत्यु भएको छ ।




कुटाइबाट ज्यान गुमाएका युवक सप्तरीका तिरहुत गाउँपालिका ३ पिप्राही निवासी २५ वर्षीय कृष्ण बिराजी हुन् । अपचित व्यतिहरुको समूहको कुटाइबाट गम्भीर घाइते भएका कृष्ण विराटनगरमा उपचारको क्रममा ज्यान गएको प्रहरीले बताएको छ ।

कृष्णको मृत्यु भएपछि परिवार र छिमेकीले हत्यारालाई पक्राउ गर्न माग गर्दै सप्तरी सदरमुकाम राजविराजमा प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरुले ‘प्रहरी प्रशासन मुर्दावाद, हत्यारालाई कारवाही गर लगायतका प्ले कार्डसहित प्रर्दशन गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय अगाडि कृष्णको आफन्त र गाउँलेले शवसहित प्रदर्शन गरेको बताइएको छ । प्रदर्शनकारीहरुले सप्तरीका एसपी मनोजकुमार यादव र प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको राजिनामा माग समेत गरेका छन् ।