प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद बैठक
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक साँझ ५ बजेलाई बोलाएको एक मन्त्रीले जानकारी दिए । बैठकका एजेण्डा भने नखुलाइएको उनले बताए ।

नियमित मन्त्रिपरिषदको बैठक सोमबार र बिहीबार बैठक बस्ने गरेको छ । प्रधानमन्त्री ओलीले आइतबार संवैधानिक परिषद्को बैठक पनि डाकेका छन् ।

बिज्ञापन

बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटाले सहभागी नहुने बताइसकेका छन् ।