बुद्धिमान बने हिन्दुराष्ट्र अभियानका कमाण्डर

 

काठमाडौंः कमल थापाले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको नेतृत्वमा हिन्दु राष्ट्र पुनस्र्थापना गर्न जनसंघर्ष परिचालन समिति गठन गरिएको छ।

बिज्ञापन

 

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताविरुद्ध फरक मत राख्दै आएको राप्रपाले आफ्नो संघर्षलाई प्रभावकारी ढंगले सञ्चालन गर्न गठन गरिएको समितिमा सल्लाहकार पार्टी अध्यक्ष कमल थापा, नेताहरु दीपक बोहोरा र बालाराम घर्तीमगर रहेका छन्।

 

प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको बैठकमा अध्यक्ष थापाले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताले मुलुकलाई स्थिरता तर्फ लैजान नसकेको दावी गरेका थिए।

 

संविधानमा रहेको धर्मनिरपेक्षता खारेज गरी पूर्ण धार्मिक स्वतन्त्रतासहित नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्न, राजसंस्था सहित सबै राजनीतिक शक्तिहरु अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्र कायम गर्न अविलम्व सर्वपक्षीय गोलमेच सम्मेलन गर्न र संघीयताबारे जनताको प्रत्यक्ष अभिमत बुझ्न राष्ट्रिय जनमत संग्रह आवश्यक रहेको थापाले बताएका छन् ।

राप्रपाले यस अघि नै हिन्दु राष्ट्र पुनस्र्थापनाको लागि चरणबद्ध आन्दोलनको घोषणा गरिसकेको छ।