
कैलालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दैनिक बढ्न थालेको छ ।
फागुन र चैत्र महिनामा २ जनाको मृत्यु भएको सेती प्रादेशिक अस्थायी कोरोना अस्पतालमा बैशाख १८ गते शनिबार सम्ममा १६ जना पुगेको अस्पतालले जनाएको छ ।

त्यस्तै बैशाख १७ गते सम्म सुदुरपश्चिम प्रदेशमा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७४ पुगेको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह कार्कीले जानकारी दिए ।
बिज्ञापन



यसैबीच सुदूरपश्चिमको धनगढीमा कोरोना संक्रमणको दर बढदै गएपछि अस्पतालहरुमा बेड थप्न थालिएको छ ।
सुदुरपश्चिम सामुदायीक अस्पताल अत्तरियामा ४० बेडको कोरोना वाड सञ्चालन भइरहेको छ भने नवजीवन अस्पताल धनगढीमा १० बेड र पदमा अस्पताल अत्तरियामा १० बेडका थपेर सेवा सुचारु गर्ने तयारी भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
