गोकर्णेश्वरमा कोरोना सचेतनासहित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ मा कोरोना सचेतनासहित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । स्थानीय नेवारी संस्था किसिगाल ग्वाहलि पुचः सँगको सहकार्यमा काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले शिविर सञ्चालन गरेको हो ।

 

बिज्ञापन

स्थानीय उत्तरबाहिनी स्कूलमा सञ्चालन गरिएको शिविरमा कोरोनाका लक्षण, बच्ने उपाय र संक्रमण भए अपनाउँनुपर्ने सावधानीका बारेमा जानकारी गराइएको छ । सोही अवसरमा विरामीहरुलाई निःशुल्क स्वास्थ्य परीक्षणसमेत गरिएको हो ।

 

शिविरमा १ हजार १ सय २३ जनाको स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार परीक्षण गराइएका मध्ये २०५ जनाको ल्याबटेष्ट, १९२ जनाको इसीजी र १८५ जनाको भिडियो एक्सरे गरिएको छ । यता, दाँतमा समस्या भएका ५५ जना विरामीको दाँत खोलिएको केएमसीले जनाएको छ ।