बिजुलीको होल्डर सार्ने क्रममा करेन्ट लागेर एक युवतीको मृत्यु

दमौली : म्याग्दे गाउँपालिकामा बिजुलीको होल्डर सार्ने क्रममा करेन्ट लागेर एक युवतीको ज्यान गएको छ ।

 

बिज्ञापन

म्याग्दे २ पाटेचौरस्थित आफन्तको घरमा आएकी २८ वर्षीया सीता आलेको उपचारको क्रममा दमौलीको रत्नहरि अस्पतालमा सोमबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

करेन्ट लागेपछि घाइते आलेलाई उपचारका लागि अस्पतालमा ल्याएको केहीबेरमै चिकित्सकले मृत घोषणा गरेका थिए ।