मन्त्री बिना मगरलाई काङ्ग्रेस कार्यकर्ताले कालो झण्डा देखाउने क्रममा झडप | OmkarTimes.com

कञ्चनपुर। कञ्चनपुरको पुनर्वास नगरपालिकाको नगर अधिवेशन उद्घाटन गर्न निर्वाचन क्षेत्र आउँदै गरेकी खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरलाई प्रतिपक्षी दल नेपाली कांग्रेस कार्यकर्ताले कालो झन्डा देखाउन लाग्दा नेकपाका कार्यकर्तासँग झडप भएकाे छ ।

 

बिज्ञापन

झडपमा चारजना कांग्रेस कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेमा नेपाली कांग्रेस क्षेत्र नम्बर १ का सभापति गोपीप्रसाद उपाध्याय, नेपाली कांग्रेस बेलौरी नगर सचिव विक्रम चन्द, नेता हरेन्द्रसिंह विष्ट र कार्यकर्ता कृष्णबहादुर चन्द छन् ।

 

 

कैलालीको धनगढीस्थित सेती अञ्चल अस्पतालमा घाइतेको उपचार भइरहेको छ ।

 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मन्त्री मगरलाई कालो झन्डा देखाउने कार्यक्रम तय भएपछि त्यस क्षेत्रमा ३ सय सुरक्षाकर्मी परिचालन गरिएको थियो ।