बलात्कारको अभियोमा रुकुमपूर्वबाट दुई युवक पक्राउ

काठमाडौं । बलात्कारको अभियोमा रुकुमपूर्वबाट दुई युवक पक्राउ परेका छन् । १४/१५ गर्षका दुई किशोरी अपहरण गरी शरीर बन्धक बनाई करणी गरेको आरोपमा सोही जिल्लाका २३ र १४ वर्षका युवा पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार चैत १ गते अपहरण गरी बन्धक बनाएर किशोरीहरुमाथि करणी भएको खुलेको छ । १ गते घरबाट हराएका ती किशोरीहरु ९ दिनसम्म पनि परिवारको सम्पर्कमा नआएपछि सोमबार प्रहरीमा आफन्तको निवेदन दिएका थिए ।

बिज्ञापन

पक्राउ परेका दुई जनामाथि अपहरण, शरीर बन्धक र जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको छ । किशोरीहरुको स्वास्थ्य परीक्षण गरी प्रहरीको संरक्षणमा राखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र छिटै आफन्तको जिम्मा लगाउने तयारी भइरहेको जिल्ला प्रहरी रुकुमपूर्वले जनाएको छ ।