सिराहा मालपोत कार्यालयमा प्रेसरकुकर बम विस्फोट

सिराहा । सिराहाको मालपोत कार्यालय प्रांगणमा बम विस्फोट भएको छ । विस्फोटमा परी पाँचजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार एकजनाको अवस्था गम्भीर छ ।

लाहान नगरपालिकामास्थित मालपोत कार्यालयमा प्रेसरकुकर बम विस्फाट भएको हो । विस्फोट गराउनेको पहिचान खुलेको छैन । प्रहरीले अनुसन्धान जारी राखेको बताएको छ ।

बिज्ञापन