
काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर थप ९७ जना कोरोना संक्रमित पहिचान भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ७५ हजार ७० पुगेको छ ।

उनीहरुमध्ये तीन हजार १२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । त्यसैगरी, थप ६६ जना निको भएसँगै हालसम्म दुई लाख ७१ हजार ११६ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ९४२ छ ।
बिज्ञापन



