लागुऔषध सहित दुइ जना पक्राउ
कञ्चनपुर प्रहरीले लागुऔषध सहित दुइ जनालाई प्रकाउ गरेको छ । पक्राउ पर्नेमा कञ्चनपुरको  शुल्लाफाँटा नगरपालिका १० झलारी बस्ने २१ वर्षीय प्रकाश ठगुन्ना र सोही नगरपालिका वडा नम्बर ७ बस्ने २३ वर्षीय राम चन्द्र भाट रहेका छन्।

उनीहरुको साथबाट प्रेगास्टर–ट्याव्लेट–१४,कफट्याब–डि ट्याबलेट–८७, नाइट्रोभेट–ट्याबलेट– १०, खैरो धुलो पदार्थ–२।०२ग्राम, चरेश जस्तो देखिने कालो पदार्थ ३.५ आना बरामद गरिएको छ ।

बिज्ञापन

उनीहरुलाई जिल्लाको लालझाडी गाउँपालिका ६ चानदेवमा नम्बर ७ म.१ प.५८९६ नम्बरको होण्डा साईन मोटरसाइकल रोकी चेकजाच गर्ने क्रममा लागुऔषध सहित प्रहरीले पक्राउ गरेको हो।