प्युठानमा घर–गोठ पुरै जल्दा परिवारको बिचल्ली

गत राति प्युठानको झिम्रुक गाउँपालिकामा घर र गोठ दुवै जलेर पुर्णरुपमा क्षति हुँदा परिवार बिचल्लीमा परेका छन् । राति करिव १ बजेको समयमा त्यस गाउँपालिकाको वडा नम्वर–८ दिहाल्न निवासी लघुराम जैसीको घर–गोठ जलेर पूर्णरुपमा क्षति पुगेको हो ।

आगलागी भएको थाहा पाउन साथ ईलाका प्रहरी कार्यालय ओखरकोटबाट प्रहरी नायव निरीक्षक गंगाधर केसीको कमाण्डमा पुगेको टोलीले परिवारलाई उद्धार गरेको थियो । कुनै मानवीय क्षति नभए पनि पीडित जैसीका ३ वटा भैसी, ९ वटा बाख्रा जलेर मरेका छन् ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय प्युठानले सम्प्रेषण गरेको जानकारी अनुसार जैसीका एउटा भैसी र दुई वटा गोरु गम्भीर घाइते छन् । करिव ६ लाख ५० हजार बराबरको क्षति भएको जानकारी दिँदै प्रहरीले आगो बुधबार विहान ६ बजे नियन्त्रणमा ल्याइएको बताएको छ । आगलागीको कारण प्रहरीले खुलाएको छैन ।