
सुनसरी : एम्बुलेन्सले ठक्कर दिँदा एक वृद्धाको मृत्यु भएको छ। बाटो काट्दै गरेकी सुनसरी दुहबी नगरपालिका–८ की ६५ वर्षीया जगवती चौधरीको एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

मंगलबार साँझ सोनापुर चोकस्थित कोसी राजमार्गमा प्रदेश १–०२–००२च३८४८ नम्बरको एम्बुलेन्सले चौधरीलाई ठक्कर दिएको थियो।
बिज्ञापन



इलाका प्रहरी कार्यालय दुहबीका अनुसार गम्भीर घाइते भएकी उनको नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । एम्बुलेन्स र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
