
झापाको मेचीनगर नगरपालिका ६ स्थित मेची खोला इलाकाबाट सशस्त्र प्रहरीको टोलीले करीब ४ सय ५० मिलिग्राम ब्राउन सुगरसहित सोही ठाउँ बस्ने हेमन्त खनाललाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा बेस मेची पुलबाट खटिएको सशस्त्र प्रहरी टोलीले उनलाई उक्त ब्राउन सुगरसहित पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका निज खनाललाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित ब्राउन सुगर फेला परेपछि पक्राउ गरिएको हो ।
बिज्ञापन



पक्राउ परेका खनाललाई बरामद ब्राउन सुगरसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
