प्रधानमन्त्री ओलीले गरे नागढुंगा–नौबीसे सुरुङमार्गको निरीक्षण

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन नागढुंगा–नौबीसे सुरुङमार्गको निरीक्षण गरेका छन् । नागढुंगाको दहचोक टुटेपाखास्थित सुरुङमार्ग निर्माणाधीन स्थलमा पुगेर आइतबार अवलोकन गरेका हुन् ।

प्रधानमन्त्री ओलीलाई आयोजनाका कन्सल्टेन्सी को–अर्डिनेटर रमेशप्रसाद कोइरालाले निर्माण कार्यको अवस्थाबारे जानकारी गराएका थिए । उनले अबको १३ महिनाभित्रमा सुरुङ खन्ने कार्यको ब्रेक थ्रू हुने गरी काम भइराखेको समेत बताए ।

बिज्ञापन

सुरुङमार्ग निर्माणकार्यको निरीक्षण गर्न प्रधानमन्त्री ओलीसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङ पनि पुगेका थिए ।

सो अवसरमा मन्त्री नेम्बाङले ४२ महिनामा निर्माण सम्पन्न गर्ने समय अवधि तोकिएको भए पनि अहिलेसम्म १५ महिना व्यतित भइसकेको र अझै २७ महिना बाँकी रहेकाले अहिलेकै गतिअनुसार निर्माणकार्य भइराखे समयमै निर्माण सम्पन्न हुने बताए ।

नागढुंगा सुरुङमार्ग आयोजनाको निर्माणकार्य जापानी कम्पनी हाजमा–आन्द्रो जेभीले गरिरहेको छ ।