आमाछोरीमाथि धारिलो हतियार प्रहार

सिन्धुली : जिल्लाको कमलामाई नगरपालिका १० दोभानमा अज्ञात समूहद्वारा आमाछोरीमाथि धारिलो हतियार प्रहार भएको छ । दोभानकी ५५ वर्षीया हरिमाया घिमिरे उनकी २६ वर्षीया छोरी दुर्गामायामाथि गएराति १२ बजे सुतिरहेको अवस्थामा धारिलो हतियार प्रहार भएको हो ।

हतियार प्रहारबाट आमाछोरी घाइते भएका छन् । उनीहरुको टाउकोमा गम्भिर चोट लागेको स्थानीयले बताएका छन् ।

बिज्ञापन

घाइते दुवैलाई उपचारका लागि धनुषाको जनकपुर अस्पताल लगिएको छ । घटनामा संलग्न भएको भन्दै धनुषा बट्टेश्वरका प्रमोद कुमार सिंह महतोलाई प्रहरीले पक्राउ गरेको छ ।