उडिरहेको विमानमा आगलागी, पाइलटले जोगाए २३१ यात्रुको ज्यान

एजेन्सी : अमेरिकाको एउटा बोइङ ट्रिपल सेभेन विमान ठुलो दुर्घटनाबाट जोगिएको छ । उडिरेहेको अवस्थामा उक्त विमानको एक इन्जिनमा आगलागी भएको थियो । आगलागीबाट इन्जिनको केही भाग जमिनमा झरेपनि विमान सकुशल रुपले डेनभर विमानस्थलमा फर्किएर अवतरण गरेको छ ।

चालक दलका १० सदस्यसहित २ सय ३१ यात्रु बोकेर डेनभरबाट होनोलुलुका लागि उडेको विमान उडान भरेको केही समयमै दाहिने पट्टीको इन्जिनमा आगलागी भएपछि आपतकालिन अवस्थामा अवतरण गराइएको थियो । आगो लागेको इन्जिनको केही भाग डेन्भरको एउटा निजी भवन परिसरमा झरेको थियो ।

बिज्ञापन

तर पाइलटले नआत्तिकन उक्त जहाजलाई सफल अवतरण गराएका छन् । अमेरिकाको नेशनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्डले २६ वर्ष पुरानो उक्त जहाजको इन्जिनमा किन समस्या आयो भन्नेबारे अनुसन्धान थाल्ने भएको छ ।