
आज (सोमबार) मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी पहाडी भू–भागमा आंशिक बदली हुने भएपनि देशका अन्य भू–भागको मौसम सामान्यतय सफा रहने मौसमविद्ले बताएका छन् ।

मौसमविद्का अनुसार नेपालमा अहिले कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । अहिले देशभरको मौसम सामान्यतया सफा रहेको छ । सोमबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।
बिज्ञापन



राति सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन् । यसैबिच चिसो अझै रहिरहने तथा तराईका भू–भागहरुमा हुस्सु–कुहिरोको अझै सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।
