

यसैगरी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५५ जना संक्रमित फेला परेका छन् । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ३७ जना महिला र १८ जना पुरुष गरी ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख २७ हजार २४६ पुगेको छ ।



कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ सय ६० जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट २ सय ६० जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ६८ हजार ०७२ पुगेको छ ।

त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १ हजार ८१५ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ९२ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर २ हजार २५१ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल २० लाख ९३ हजार ४१७ जनाको पीसीआर परीक्षण भएको छ ।यसैगरी पछिल्लो २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ३८ पुगेको छ ।