राष्ट्रिय महिला लिग फुटबल अन्तर्गत आज विराटनगर र चन्द्रपुर तथा पुलिस र वालिङ भिड्दै
राष्ट्रिय महिला लिग फुटबल अन्तर्गत आज (आइतबार) दुई खेलहरु हुँदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा विराटनगर महानगरपालिका र चन्द्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । विराटनगर र चन्द्रपुरबीचको खेल अपरान्ह १२ बजे सुरु हुनेछ । विराटनगर चन्द्रपुरलाई हराएर तेस्रो स्थानमा कायम रहन चाहन्छ । विराटनगर ६ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ । चन्द्रपुर भने विराटनगरलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।

चन्द्रपुर ६ खेलमा ३ अंक जोडेर छैटौं स्थानमा रहेको छ । अर्को खेलमा नेपाल पुलिस क्लब र वालिङ नगरपालिकाबीच खेल हुनेछ । पुलिस र वालिङबीचको खेल अपरान्ह ३ बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । पुलिस ८ अंक जोडेर लिगको चौंथो स्थानमा रहेको छ । पुलिस उपाधि होडबाट भने बाहिरिसकेको छ । वालिङ ८ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

बिज्ञापन

लिगको दोस्रो चरणअन्तर्गतको पहिलो खेलमा शनिबार त्रिभुवन आर्मीले  चौदण्डीगढी नगरपालिकालाई ९–० गोलले पराजित गर्‍यो । आर्मीको जितमा रश्मी घिसिङले ह्याट्रिकसहित चार गोल गरेकी थिइन् ।