सुनसरीमा मोटरसाइकल दुर्घटना, बाबु-छोराको मृत्यु

सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराकै मृत्यु भएको छ । इटहरी २ पीपलचोकमा प्रदेश १ ०१ ०४४ नम्बर को मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार बाबुछोराकै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा इटहरी ८ बस्ने ५० वर्षीय नुरजंग मल्ल र मोटरसाइकलको पछाडि बस्ने उनका बुवा ८२ वर्षीय कुबेरबहादुर मल्लको मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकल छोराले चलाएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो। उपचारकै क्रममा उनीहरुको मृत्यु भएको हो । तीब्र गतिका कारण दुर्घटना भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

बिज्ञापन