
प्रदेश १ को प्रदेशसभा बैठक बस्दैछ । सातौँ हिउँदे अधिवेशनको दोस्रो बैठक आइतबार दिउँसो २ बजेलाई बोलाइएको छ । गत ७ माघमा करिब ३ मिनेट बसेर स्थगित भएको प्रदेश सभाको बैठक अघि ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएको प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले बताएका छन् ।

आज बस्ने बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रचण्ड–माधव पक्षका १६ जना सांसदलाई ओली पक्षले निलम्बन गरेको भन्दै बैठकमा सहभागी गराउन नहुने बताउँदै आएको छ । उनीहरु बैठकमा प्रवेश गरे बैठक सञ्चालन हुनै नदिने ओली पक्षको तयारी छ । तर, प्रचण्ड–माधव पक्षका भीम आचार्यसहित ओली पक्षले कारवाही गरेका सांसदहरु बैठकमा जसरी पनि सहभागी हुने तयारीमा छन् । त्यसका लागि ओली पक्षले अवरोध गरे प्रतिकार गर्ने तयारी समेत उनीहरुको छ ।
बिज्ञापन



