ओलीको शक्ति प्रदर्शनसंगै ओलीको कदम विरुद्ध मार्चपास

काठमाडौं : बृहत नागरिक आन्दोलनले आज (शुक्रबार) राष्ट्रपति कार्यालय अगाडि मार्चपास गर्ने भएको छ । लैनचौरस्थित पद्मरत्न तुलाधर निवास परिसरबाट राष्ट्रपति भवन शीतल निवाससम्म नागरिक अगुवाले मार्चपास गर्ने तयारी गरेका हुन ।

संवैधानिक निकायमा असंवैधानिक नियुक्ति भएको भन्दै मार्च पास गर्न लागिएको बृहत नागरिक आन्दोलनका अगुवाहरुले जानकारी दिए ।

बिज्ञापन

संवैधानिक आयोगहरुमा विवादित संसदीय समितिको सिफारिस गरेको पदाधिकारीहरुलाई सुनुवाइ बिना नै बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेपछि चौचर्फी आलोचना भइरहेको छ । त्यसकै विरुद्ध नागरिक आन्दोलन मार्च पास गर्न लागेको हो ।