लागु औषध ब्राउन सुगरसहित दमकबाट दुई जना पक्राउ

दमक । प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित झापामा दुई जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा दमक नगरपालिका ९ बुद्धटोल बस्ने २० वर्षीय अजय राई र उनकै कोठामा बस्ने २५ वर्षीय विकल बिशुङखे रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले राईको सुत्ने कोठामा खानतलासी गर्दा ब्राउन सुगर जस्तो देखिने खैरो रङ्गको २ ग्राम लिसाईलो पदार्थ, एउटा डिजिटल तराजु र नगद सात हजार र दुई थान मोबाइल बरामद गरेको थियो ।  यता पक्राउ परेका दुबैलाई इलाका प्रहरी कार्यालय दमकले झापा जिल्ला अदालत झापाबाट म्याद थप गरी कानुनी कारबाहीको प्रक्रिया अघि बढाइसकेको जनाइएको छ ।

बिज्ञापन