जाडोमा हिमानी ट्रस्टले बालबालिका तथा वृद्ध वृद्घालाई गर्यो न्यानो कपडा वितरण

नवलपुर । नवलपुरको विनयी त्रीवेणी गाउपालिकाको माथिल्लो भागमा अत्यधिक जाडो हुनेहुँदा हिमानी ट्रस्ट नवलपुरले न्यानो उपहार प्रदान गरेको छ। सुर्यज्योती विद्यालयका २० जना बालबालिकालाई न्यानो लुगा(ज्याकेट) र स्थानीय वृद्ध बृद्दालाइ स्लिपिङ ब्याग प्रदान गरिएको हिमानी ट्रस्ट नवलपुरका सदस्य गणेश खनालले जानकारी दिएका छन।

चिसोले गर्दा बालबालिका तथा वृद्ध बुबा आमालाइ समस्या पारेको महसुस गर्दै न्यानो रहन सहयोग गरोस भन्ने उद्देश्यले ज्याकेट तथा स्लिपिङ व्याग हस्तान्तरण गरिएको हिमानी ट्रस्ट नवलपुरका संयोजक राजेश मैनालिले बताए।

बिज्ञापन

ट्रस्टका जिल्ला सदस्य विष्णु रेग्मी सहित केही स्थानीय समेत कार्यक्रममा सहभागी रहेको र आगामी दिनमा पनि हिमानी ट्रस्टले अन्य क्षेत्रमा समेत आवश्यक सहयोग गर्ने तयारी गरिरहेको आयोजकले जनाएका छन।