कोरोनाविरुद्ध नक्कली खोप बनाएको आरोपमा ८० जना गिरफ्तार

कोरोनाविरुद्ध नक्कली खोप बनाएको आरोपमा चीन सरकारले तीन सहरबाट ८० जनालाई  गिरफ्तार गरेको छ । न्युज सिन्ह्वाका अनुसार चीन सरकारले जियाङ्सु, बेइजिङ र सानडोङबाट तीन हजार नक्कली खोप पनि बरामद गरेको छ ।

प्रहरीले गत सेप्टेम्बरमा खोप भन्दै धेरै मूल्यमा पानी बेच्ने गिरोह पत्ता लगाएको एजेन्सीले उल्लेख गरेको छ ।  चीनमा सिनोभ्याक र सिनाफार्म कम्पनीले खोप लगाइरहेका छन्। दुवै कम्पनीले टर्कीसहित विभिन्न देशमा खोप निर्यात पनि गरिरहेका छन् ।

बिज्ञापन