पाँचथरमा फेरि घट्यो दु:खद घटना, घाँटी रेटिएको अवस्थामा एक युवती फेला

पाँचथर – जिल्लाको हिलिहाङ गाउँपालिकामा एक युवतीको विभत्स हत्या गरिएको छ ।

 

बिज्ञापन

मंगलबार दिउँसो हिलिहाङ गाउँपालिका–६ रातमाटेमा २० वर्षीया युवती सुजाता तामाङको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको हो ।

 

गोपेटारस्थित एनएमबी माइक्रोफाइनान्समा कार्यरत सुजाताको शव हत्या गरेर भीरबाट लडाएको अवस्थामा स्थानीयले भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।