
बारा : बाराको निजगढ नगरपालिकाका अशक्त र अपाङ्गलाई कम्बल वितरण गरिएको छ । निजगढ नगरपालिकाले नगरभित्रका अति अशक्त र अपांगता भएका नागरिकहरुलाई जाडोबाट बच्न ब्ल्याङ्केट र थर्मश वितरण गरेको हो ।

निजगढका मेयर सुरेश कुमार खनाल, उपप्रमुख लिलादेवी लामिछाने खनाल, प्रमुख प्रशाशकिय अधिकृत सुमन कुमार कार्की, वडा नम्बर १ का वडा अध्यक्ष मंगल लोप्चन, निजगढ नगरपालिकाका सूचना अधिकृत रविन घिमिरे लगायत वडाका जनप्रतिनिधिहरु घरघरमै पुगेका थिए । अशक्त तथा अपांग नागरिकहरुलाई जाडोबाट सुरक्षित राख्ने उद्देश्य स्वरूप नगरपालिकाले ब्ल्याङ्केट र थर्मश वितरण गरेको मेयर सुरेश कुमार खनालले बताए ।



नगरपालिकाले वडा नम्बर १ भरतगंज सिंगौलबाट सो सामग्री वितरण शुरु गरेको हो । नगरपालिकाले यस अघि नगरका ज्येष्ठ नागरिकहरुलाई पनि उक्त सामाग्रीहरु वितरण गरेको थियो । नगरपालिकाले नगर भित्रका १ सय ९८ जना पूर्ण अपांग र अशक्त भएकाहरुलाई न्यानो सामाग्रीहरु वितरण गर्ने निजगढ नगरपालिकाको महिला, वालवालिका तथा समाजकल्याण शाखाकि प्रमुख रोजी श्रेष्ठले जानकारी दिइन् ।
