संवैधानिक इजलास पुनर्गठन, हरिकृष्णको ठाउँमा सपना

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दा सुनुवाईका लागि संवैधानिक इजलास पुनर्गठन गरेका छन् ।

हरिकृष्ण कार्कीको ठाउँमा सपना प्रधान मल्ल थपेर अरु न्यायाधीश यथावत राखिएको छ । संवैधानिक इजलासमा अरु तीन न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजवहादुर केसी यथावत रहेका छन् ।

बिज्ञापन

न्यायाधीश हरिकृण कार्की केपी ओली पहिलोपटक प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता रहेकाले नैतिक हिसाबले इजलासमा बस्न नमिल्ने जिकिर शम्भु थापा सहितका वकिलले गरेपछि कार्कीले आफू नबस्ने घोषणा गरेका थिए ।

प्रधानन्यायाधीश राणाले न्यायपरिषदले सिफारिस गरेका १४ न्यायाधीश मध्येबाट ४ जना छनौट गरेका हुन् ।