प्रधानमन्त्री कपकाे उपाधि प्रदेश १ काे कब्जामा

दाङकाे लममीमा जारी प्रधानमन्त्री क्रिकेटकाे उपाधि प्रदेश १ ले जितेकाे छ । आईतबार भएको फाईनलमा विभागीय टिम एपीएफलाई पराजित गर्दै प्रदेश १ ले उपाधि उचालेको हो ।

१०६ रनको लक्ष्य पछ्याएको एपीएफले ७ विकेट गुमाएर ९९ रन मात्र बनाउन सक्यो । निर्धारित ओभर खेल्दै प्रदेश १ ले ४ विकेट गुमाएर १०५ रन बनाएको थियो ।

बिज्ञापन

प्रतियोगिताको विजेता १ नम्बर प्रदेशले नगद ५ लाख रुपैयाँसहित ट्रफी पाउनेछ भने उपविजेतामा चित्त बुझाएको एपिएफले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै सेमीफाइनलमा पराजित सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशले समान २५-२५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।