
दमक । इलाका प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख धनञ्जय कुमार साह र अर्का कर्मचारी आशिर आलमलाई झापा प्रहरीले पक्राउ गरेको छ ।नागरिकता जारी गर्दा केही नागरिकतामा समस्या देखिएको भन्दै उनिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

गौरीगञ्ज इप्रकाबाट जारी गरेको ३ वटा नागरिकतामा प्रक्रिया सहि नभएकोले सोधपुछ शुरु गरिएको बताइएको छ ।उनीहरुलाई गौरीगञ्जबाट शनिवार साँझ पक्राउ गरिएको झापाका प्रहरीले जनाएको छ ।
बिज्ञापन



