बालुवाटार र थापाथलीमा नेकपाको दुबै पक्षको बैठक

काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को (प्रचण्ड–नेपाल) समूहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । थापाथलीमा सुरु भएको बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षका कार्यक्रम घोषणा गर्ने सो समूहका नेताहरुले बताएका छन् । केन्द्रीय समिति बैठकअघि यो पक्षको स्थायी कमिटी बैठक बसेको थियो ।

स्थायी समितिमा अध्यक्षद्वय पुष्कमल दाहाल र माधवकुमार नेपाल साथै वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठबीच बैठकका एजेण्डाबारे छलफल भएको थियो । यसैबीच, बालुवाटारमा पनि ओली समूहको केन्द्रीय समिति बैठक पनि सुरु भएको छ ।

बिज्ञापन