
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज (बुधबार) पनि बस्ने भएको छ । केन्द्रीय सदस्यले बोल्ने क्रम जारी बाँकी नै रहेकाले बैठक पुनः बस्न लागेको हो । मंगलबार सुरु भएको बैठकमा बैठकमा नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य महेश आचार्य, डा. नारायण खड्का र एनपी साउदले धारणा राखेका थिए ।

मंगलबार सभापति शेरबहादुर देउवाले सोमबार भएको सर्वदलीय बैठकको जानकारी गराएर विषय प्रवेश गराएका थिए । आजको बैठक पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बस्नेछ । ·
बिज्ञापन



