बसकाे झ्यालबाट टाउको निकाल्दा होर्डिङ बोर्डमा ठोक्किएर एक विद्यार्थीको मृत्यु

सिन्धुली । सुनकोसी गाउँपालिका–५ स्थित भोटेखोलाको पुल नजिकै गुडिरहेको स्कुल बसकाे झ्यालबाट टाउको निकाल्दा होर्डिङ बोर्डमा ठोक्किएर एक विद्यार्थीको मृत्यु‎ भएको छ ।

 

बिज्ञापन

रातमाटाबाट मुलकोटतर्फ जाँदै गरेको प्रगतिशिल उच्च माध्यमिक विद्यालय रातमाटाको ना ३ ख ३५२० को स्कुल बसमा रहेका कक्षा ९ मा अध्ययनरत छात्र १४ वर्षीय रमिस श्रेष्ठको मृत्यु भएको सिन्धुली प्रहरीले जनाएको छ । खाडादेवी–३, रामेछापका श्रेष्ठ स्कुल छुट्टी भएर घर फर्कदै थिए ।

 

खोलाको पुल लेखेको होडिङ बोर्डमा ठोक्किएर टाउकोमा चोट लागेका श्रेष्ठको घट्नास्थलमै मृत्यु भएको सिन्धुलीका प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए ।