यो व्यवस्था असफल भएको प्रमाणित : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निहितस्वार्थका कारण हतारमा ल्याएइकाे अध्यादेशबाट नै अहिलेकाे व्यवस्था असफल भएको प्रमाणित भएकाे दावी गरेका छन्।

मंगलबार सरकारले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) ऐन २०६६ लाई संशोधनसम्बन्धी अध्यादेश ल्याएपछि अध्यक्ष थापाले यस्तो प्रतिक्रिया दिएका हुन्। भागवण्डाका आधारमा संवैधानिक अंगका पदाधिकारी नियुक्त गर्ने काम दूर्भाग्यपूर्ण भएको तथा  वादास्पदरूपमा संबैधानिक परिषद अध्यादेश ल्याउनु सर्वसत्तावादको ज्वलन्त उदाहरण भएको बताएका छन् ।

बिज्ञापन