जन्ती गएको गाडी दुर्घटना , एक जनाको मृत्यु

महोत्तरीः महोत्तरीमा जन्ती गएर फर्किने क्रममा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जलेश्वर बर्दिबास सडक खण्ड अन्तर्गत मनरासिसवा नगरपालिका-६ मा बी.आर.०५पी २०२२ नम्बरको गाडी दुर्घटना भएको हो ।

बिज्ञापन

दुर्घटनामा मृत्यु हुने भारत सीतामढी जिल्लाका ३५ वर्षीया राजेश सिंह रहेका छन् । दुर्घटना पछि फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।