राष्ट्रिय वाणिज्य बैंक र बेलबारी नगरपालिकाबीच सहुलियत कर्जा सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र मोरङको बेलबारी नगरपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले हस्ताक्षर गरेका छन् ।

बिज्ञापन

सम्झौतापछि नगरपालिकाले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ (संशोधन समेत) अन्तर्गत उद्यम तथा व्यवसाय गर्न सम्भाव्य र इच्छुक समूहलाई परामर्श तथा उद्यमशीलतासम्बन्धी तालिम व्यवस्थापन गर्ने र उद्यमीहरुको ५–५ जनाको समूह बनाई सहकार्य समूह, उद्यमी, फर्म, कम्पनी, तथा सहकारीहरुलाई कर्जाका लागि बैंकको शाखामा सिफारिस गर्ने छ ।

नगरपालिकाले सिफारिश गरेका उद्यमीहरुलाई बैंकले नियमअनुसार प्रत्येक समूहलाई अधिकतम पाँच लाख रुपैंयासम्म सहुलियतपूर्ण कर्जाअन्तर्गत लगानी गर्ने छ ।