
काठमाडौं । राप्रपा अध्यक्षद्वय डा प्रकाशचन्द्र लोहनी र कमल थापाले अस्वस्थ भई ललितपुरको मेडिसिटी अस्पतालमा उपचारारत पार्टीका सांसद राजेन्द्र लिङ्देनको स्वास्थ अवस्थाबारे जानकारी लिएका छन् ।अस्पतालका डाक्टर दिप्तेश अर्याल र सिईयो पंकज बास्कोटाले अध्यक्षद्वयलाई लिङ्देनको पछिल्लो स्वास्थ अवस्था बारे जानकारी गराएका थिए ।

अस्पतालले दिएको जानकारी अनुसार सांसद लिङ्ग्देनको स्वास्थ अवस्थामा उल्लेख्य सुधार भएरहेको छ ।
लिङ्देनमा निमोनियाको समस्या देखिएपछि बिहीबार झापाबाट काठमाडौं ल्याइएको थियो ।
बिज्ञापन



