
काठमाडौं— कोभिड–१९ को बहानामा बिरामीसँग अतिरिक्त शुल्क नलिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीले निजी अस्पतालले कोभिड–१९ को बहानामा बिरामीबाट अतिरिक्त शुल्क लिने गरेको पाइएकाले त्यस्तो अक्तिरिक्त शुल्क नलिन निर्देशन दिएका हुन् ।
बिज्ञापन



बिरामीसँग अतिरिक्त शुल्क लिएको पाइएमा त्यस्ता अस्पताललाई कानूनअनुसार कारवाही गरिनेसमेत उनले बताए।

मन्त्रालयबाट जारी सूचनामा भनिएको छ, ‘कोभिड–१९ को सङ्क्रमणले कठिन समयमा समेत केही निजी अस्पतालले बहिरङ्ग सेवालगायतका सेवामा केही प्रतिशत खर्च जोडेर शुल्क लिने गरेको गुनासो आएकाले यस्तो काम नगर्नर र नगराउन अनुरोध छ ।’