
गलकोट— गण्डकी प्रदेश सरकारले प्रदेशका पाँच जिल्लामा द्वन्द्वपीडितका लागि सीपमूलक कार्यक्रम ल्याएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले दिएको जनकारी अनुसार बागलुङ, गोरखा, तनहुँ, कास्की र लमजुङमा शहीद परिवार, अपाङ्गता भएका व्यक्ति, बेपत्ता र द्वन्द्वपीडित परिवारलाई लक्षित गरी राहत तथा पुनःस्थापना कार्यक्रम शुरु गरिएको हो।
बिज्ञापन



मन्त्रालयले आइतबार बागलुङका सरकारी निकाय, राजनीतिक दल, सामाजिक संघ संस्थाका प्रमुखसँग अन्तरक्रिया गरी यस्तो जानकारी दिएको हो ।

त्यस अवसरमा मन्त्रालयका उपसचिव काशीराज गैरेले राहत तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत गोलभेँडा खेतीतर्फ ३० र बाख्रापालनतर्फ ३० जनालाई तालीमका साथै प्रतिव्यक्ति गोलभेँडा खेतीका लागि रु ३० हजार र बाख्रापालनका लागि रु १५ हजार बीउ पूँजी प्रदान गरिने जानकारी दिए ।