प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक ह्याक, प्रोफाइलमा युवतीको फोटो

काठमाडौँ, १९ मंसिर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेज ह्याक भएको छ । शुक्रबार बिहान मुख्यमन्त्री राउतको फेसबुक पेज ह्याक भएको हो ।

ह्याकरले मुख्यमन्त्री राउतको फेसबुक पेजको प्रोफाइल फोटोमा एक युवतीको फोटो तथा कभर फोटोमा जंगलको फोटो राखेको छ ।

बिज्ञापन

मुख्यमन्त्री राउत र उनीसँग सम्बद्ध अन्य चारवटा फेसबुक पेज ह्याक भएको छ । मुख्यमन्त्रीको सचिवालयले प्रयोग गर्ने मुख्यमन्त्री सञ्चार सचिवालय प्रदेश २ पेज र मुख्यमन्त्रीका प्रेस सल्लाहकार आतिश मिश्राको फेसबुक आइडी पनि एकैसाथ ह्याक गरिएको छ ।

ह्याक भएको पेजमा बिहान ९ बजेर ४० मिनेट जाँदा युवतीको फोटो राखिएको छ भने त्यसको केहीबेरपछि कभर फोटो पनि परिवर्तन भएको छ । त्यस्तै, मुख्यमन्त्री राउतको फेसबुकमा एउटा चिनियाँ भाषाको लिंक पनि शेयर भएको छ ।

ह्याक कसले गर्यो भन्नेबारेमा केही बताइएको छैन ।