
काठमाडौं – देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ । चितवन, धनुषा, मकवानपुर, सर्लाही, काभ्रे र झापाका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको हो ।




दुर्घटनामा घाइते भएका भ्यानमा सवार प्युठान झिम्रुक गाउँपालिका बस्ने ३८ वर्षीय मुकुन्द बहादुर रोक्कालाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरतर्फ पठाइएको छ । उक्त गाडी हुक लगाएर पानीबाट निकाल्ने प्रयास भइरहेको छ ।

धनुषा, शहिदनगर नगरपालिका-६ हठिपुर गाउँस्थित सडकमा ज १ त ९३१२ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने ३५ वर्षीय रोशन दासको बुधबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ सान्नानटारस्थित सडकमा बा ९६ प ५३९३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री मनहरी गाउँपालिका-३ हाडिखोला बस्ने ३५ वर्षीय कान्छा बिकको बुधबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सर्लाही, ईश्वरपुर नगरपालिका-५ डाका चोकमा ज १ त ३४९० नम्बरको ट्याक्टरको टायर पंचड भई सडकछेउमा रोकी राखेको बा ८९ प ८८३८ नम्बरको मोटरसाइकलमा ठोकिदा मोटरसाइकल चालक महोत्तरी माईस्थान-३ बस्ने ३८ वर्षीय शुक्र बहादुर मोक्तानको बुधबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि मोडल अस्पताल लालबन्दीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुवै सवारी साधन र ट्याक्टर
चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काभ्रे, नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटस्थित सडकमा हाल नम्बर नखुलेको ट्रकले बुधबार राति बा ६० प ९४४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार रोशी गाउँपालिका-४ बस्ने ३५ वर्षीय कृष्ण बिकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि धुलिखेल अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
हाल फरार रहेका दुबै सवारी साधनका चालकहरुको प्रहरीले खोजी गरिरहेको छ ।
झापा, कन्काई नगरपालिका-८ शितल चोकमा ग १ ख ४५६३ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४० वर्षीय राजकुमार राईको बुधबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बी एण्ड सी अस्पताल बिर्तामोडतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । हाल फरार ट्रक र चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।