धरानको बीपीप्रतिष्ठानमा कोरोनाबाट थप दुई पुरुषको मृत्यु 

झापा/ सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरसको संक्रमणका कारण थप दुई पुरुषको मृत्यु भएको छ ।  सोमबार बिहान र आइतबार राति गरि दुई जनाको मृत्यु भएको हो ।

प्रतिष्ठानको कोभिड अस्पतालमा मोरङको सुन्दरहरैंचा नगरपालिकाका ६७ वर्षीय पुरुषको सोमबार विहान ६ बजे मृत्यु भएको हो ।

बिज्ञापन

कात्तिक २६ गते  कोरोना पोजिटिभ देखिए पछि उनलाई  मंसिर १ गते  प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

त्यसैगरी सोही अस्पतालमा आइतबार राति इलामको इलाम नगरपालिका–१ का २५ वर्षीय युवकको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मंसिर ५ गते कोरोना पोजिटिभ देखिएका उनलाई सोहीदिन अस्पताल भर्ना गरि उपचार सुरु गरिएकोमा आइतबार राति ९  मृत्यु भएको  बताइएको छ ।

यो सँगै प्रदेश १ मा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या तीन सय ३४ पुगेको छ । जसमध्ये तीन महिला र २२ पुरुष प्रदेश १ बाहिरका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।