झापामा कोरोनाका कारण ७२ जनाको मृत्यु, दमकमा मात्रै  ज्यान गुमाउनेको संख्या २७ पुग्यो

झापा-झापामा कोरेना संक्रमणका कारण अहिलेसम्म ७२ जनाको मृत्यु भएको छ ।

झापाको दमकमा मात्रै २७ जनाले कोरोनाका कारण ज्यान गुमाईसकेका छन् ।
आज दमकमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै दमकमा मृतकको संख्या २७ पुगेको हो ।

बिज्ञापन

आज मृत्यु हुनेमा दमक ५ का एक ८६ वर्षीय वृद्ध रहेका छन । दमक नगरपालिकाको स्वास्थ्य शाखाका कुवेर भट्टराईका अनुसार उनी होम आईसोलेसनमा रहेका थिए।

उनको आज बिहान साढे ५ बजे होम आईसोलेसनमै मृत्यु भएको हो । उनलाई कार्तिक १९ गते कोरोना पोजेटिभ देखिएको थियो ।