मंसिर २ गते सार्वजनिक बिदा

काठमाडौं : सरकारले मंसिर २ गते सार्वजनिक बिदा दिएको छ।

 

बिज्ञापन

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मंसिर २ गते अर्थात मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । गृहमन्त्रालयले आज सूचना जारी गर्दै सार्वजनिक बिदा दिएको जानकारी गराएको हो ।

 

किजा पुजाको अवसरमा सार्वजनिक बिदा दिएको गृहमन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । अब शुक्रवारदेखि बन्द भएका सरकारी कार्यालय, सार्वजनिक निकाय र अन्य कार्यालयहरु मंगलवारपछि मात्र खुल्नेछ । शनिवारदेखि सोमबारसम्म तिहारको विदा परेको छ ।